२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

न्यूयोर्कको पेन स्टेशनमा छुरा प्रहार: ६ जना घाइते, एकको अवस्था गम्भीर

न्यूयोर्कको पेन स्टेशनमा छुरा प्रहार: ६ जना घाइते, एकको अवस्था गम्भीर

न्यूयोर्क- न्यूयोर्कको व्यस्त पेन स्टेशनमा आइतबार साँझ भएको छुरा प्रहारमा ६ जना सर्वसाधारण घाइते भएका छन्। घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्य पाँच जनाको अवस्था सामान्य र मध्यम रहेको अग्नि नियन्त्रण विभागले जनाएको छ।

साँझ ७ बजे भएको यस आक्रमणपछि एम्ट्र्याक प्रहरीले एक संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका ती व्यक्ति मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेको आशंका गरिएको छ।

घटनाबारे अनुसन्धान सुरु भइसकेको भए पनि यसमा आतंकवादको कुनै संकेत नदेखिएको सुरक्षा अधिकारीले बताए। न्यूयोर्कका मेयर जोहरान मामदानीले घटनाबारे जानकारी लिँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे। उनले उद्धार कार्यमा खटिएका टोलीलाई धन्यवाद समेत दिए।