न्युयोर्क- ईनास न्यू जर्सीद्वारा भानुजयन्ती तथा कला प्रदर्शनी भव्य रूपमा सम्पन्न: सबैलाई धन्यवाद ज्ञापन
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) न्यू जर्सी च्याप्टरले अध्यक्ष कबिना महर्जनको नेतृत्व र सभापतित्वमा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती, कला प्रदर्शनी, कविता तथा साहित्यिक कार्यक्रम–२०२६ भव्य रूपमा सम्पन्न गरेको छ। यस ऐतिहासिक र सफल कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई ईनास न्यू जर्सीले विशेष धन्यवाद दिएको छ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा महावाणिज्यदूत दधिराम भण्डारी उपस्थित थिए। विशिष्ट अतिथिका रूपमा ईनास अमेरिकाका अध्यक्ष सृजन ताम्राकार, एफओएनएनजे (FONNJ) का संस्थापक अध्यक्ष डा. तुलसी महर्जन र एआरसी (ARC) नेपालका अध्यक्ष राजेन्द्र श्रेष्ठ सहभागी थिए। आयोजकले विशेष अतिथि, कलाकार, कवि, साहित्यकार, चित्रकार, प्रस्तोता, स्वयंसेवक, प्रायोजक, सहयोगी, सञ्चारकर्मी लगायत उपस्थित सबैप्रति आभार प्रकट गरेको छ।
उपस्थित सबैको सहयोग र सहभागिताले कार्यक्रम अविस्मरणीय भएको आयोजकले जनाएको छ। कार्यक्रममा भानुभक्त आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्ने साझा प्रतिबद्धतालाई अझ बलियो बनाइएको छ। भानुभक्तले देखाएको बाटो भावी पुस्तासम्म पुर्याउने प्रतिबद्धता पनि आयोजकले दोहोर्याएको छ।
कार्यक्रम सफल बनाउन खटिने कार्यसमिति, सल्लाहकार, स्वयंसेवक, कलाकार र पर्दापछाडि काम गर्ने सबैलाई महासचिव पूजा कर्माचार्यले ईनासको तर्फबाट विशेष धन्यवाद दिएकी छन्।
कार्यक्रमका प्रस्तुति र सहयोगीहरूको विवरण यस प्रकार रहेको छ:
कार्यक्रमको सञ्चालन ईनास न्यू जर्सीकी महासचिव पूजा कर्माचार्यले गरेकी थिइन्।
राष्ट्रिय गानमा बिशाखा बस्नेत, अश्लेषा बस्नेत, एन्रिका बडे, शरण बडे, साध्विका जोशी, वेदान्शी श्रेष्ठ, नोभा अमात्य, निराजन खड्का, सङ्गीता बडे र पूजा कर्माचार्यले स्वर दिएका थिए।
स्वागत नृत्य सान्वी बज्राचार्य, एन्रिका बडे, शरणा बडे, रेशना नगरकोटी, अदिति कँडेल, प्रितिषा गौतम, आहान सिंह, अमाइरा सिंह, सुविना बलामी, साध्विका जोशी, सुबीर बलामी, निवान नगरकोटी र एसारा गौतमले प्रस्तुत गरेका थिए।
कार्यक्रममा सिम्रिक गिरीले “लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो…” बोलको गीत गाएकी थिइन्। त्यसैगरी सकुन ज्ञवाली, शान्ता घिमिरे, आनन्द श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, सम्झना काफले, शम्भु कँडेल, हरि शर्मा, चक्रपाणि शर्मा गौतम, सृजन ताम्राकार र पूजा कर्माचार्यले कविता वाचन गरेका थिए।
बिशाखा बस्नेतले माटो कला (Pottery) प्रस्तुत गरेकी थिइन् भने ‘The Joyous Fort: Our Homeland in Thini’ पुस्तककी सह-लेखिका प्रतीक्षा थकालीले पुस्तक प्रदर्शनी गरेकी थिइन्। एन्रिका बडेले भानुभक्त आचार्यको जीवनयात्राबारे मल्टिमिडिया प्रस्तुति दिएकी थिइन्।
चित्रकला प्रदर्शनीतर्फ हृदय तुलाधर, दिल श्रेष्ठ, हुमा पाण्डे, आरोन पाण्डे, आयान पाण्डे, नोभा अमात्य, साध्विका जोशी, शरणा बडे र पार्थ कुँवरका चित्रहरू राखिएका थिए।
कार्यक्रमलाई Momo & Achhar, रोहिणी श्रेष्ठ (Success on the Spectrum, PA), राजेन्द्र श्रेष्ठ (ARC Nepal), FONNJ, Usha Collections, डा. उज्ज्वल प्रधान, खगेन्द्र जी.सी. (Chhetry & Associates P.C. Law Firm), Spice House, Himalayas Tea House & Spice Cafe, विजय/शरद मानन्धर, दिल श्रेष्ठ (Century 21), प्रतीक्षा थकाली र EverestX ले प्रायोजन गरेका थिए।
मिडिया साझेदारको रूपमा Enepalese, New Jersey Nepali Gatibidhi, Team8848 र Tutulko.com रहेका थिए भने आधिकारिक फोटोग्राफर आलोक श्रेष्ठ थिए।
खाना तथा जलपानको व्यवस्थापन किम श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, रोबिन प्रधान, सूर्य सिंह तिवारी, बिरुन बलामी, एलिना श्रेष्ठ, पूजा कर्माचार्य, कबिना महर्जन, विजय मानन्धर, सङ्गीता बडे र डा. तुलसी महर्जनले गरेका थिए। ध्वनि तथा मल्टिमिडिया व्यवस्थापन शेखर साउद, शरद मानन्धर र सुयश जोशीले सम्हालेका थिए। लजिस्टिक्सको जिम्मा नवराज खड्काले र डिजाइन तथा मुद्रणको काम पूजा कर्माचार्यले गरेका थिए।
