३१ भदौ २०८३, बुधबार
16 September 2026, Wednesday

आज अन्तर्राष्ट्रिय मित्रता दिवस: आपसी मेलमिलाप र शान्ति स्थापनामा जोड

आज अन्तर्राष्ट्रिय मित्रता दिवस: आपसी मेलमिलाप र शान्ति स्थापनामा जोड

काठमाडौं- आज अन्तर्राष्ट्रिय मित्रता दिवस, विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँएकाे छ। व्यक्ति, समुदाय, संस्कृति र देशहरूबीच मित्रता बढाएर शान्ति स्थापना गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले सन् २०११ मा यो दिवस घोषणा गरेको थियो। त्यसयता हरेक वर्ष जुलाई ३० का दिन यो दिवस मनाउने गरिन्छ।

राष्ट्रसंघले सबै देशका सरकार, संघसंस्था र नागरिक समाजलाई आपसी समझदारी र मेलमिलाप बढाउने कार्यक्रम गर्न आह्वान गरेको छ। विभिन्न समुदाय र संस्कृतिबीचको मित्रताले शान्ति स्थापना गर्न र विश्वासको वातावरण बनाउन मद्दत पुग्ने राष्ट्रसंघको विश्वास छ। विशेषगरी युवाहरूलाई विभिन्न संस्कृति र समुदायका गतिविधिमा सहभागी गराएर विविधताको सम्मान गर्न सिकाउनुपर्नेमा उसले जोड दिएको छ।

यो दिवस युनेस्कोले ल्याएको ‘शान्तिको संस्कृति’ अवधारणाको निरन्तरता हो। हिंसालाई हटाएर संवाद र सहकार्यबाट समस्या समाधान गर्न युनेस्कोले जोड दिँदै आएको छ। मित्रता, सम्मान र आपसी विश्वासबाट मात्र शान्तिपूर्ण विश्व निर्माण गर्न सकिने युनेस्कोले बताएको छ।