चीनमा नेपाली तेक्वान्दो खेलाडीको दबदबा: ४ स्वर्णसहित १५ पदक जिते
- २४ साउन २०८३
- १ मिनेटको पढाई
काठमाडौं- चीनको नानजिङमा भएको तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनल्समा नेपालले ४ स्वर्णसहित कुल १५ पदक जितेको छ। नेपाली खेलाडीले विभिन्न स्पर्धामा ४ स्वर्ण, ५ रजत र ६ कांस्य पदक हात पारेका हुन्।
काठमाडौँ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीका अनुसार उनिका पौडेल, आदिश विष्ट, प्रिशा ज्ञवाली र अफेस खत्रीले स्वर्ण पदक जितेका छन्। त्यस्तै, लोचनी भट्टराई, सिबेन सुब्बा, साश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्टले रजत पदक हात पारे।
यसैगरी, सर्वम महतरा, सव्यम महतरा, प्रिशा ज्ञवाली, आराध्य खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारीले कांस्य पदक जितेका छन्। यस प्रतियोगितामा सहभागी नेपाली टोलीको प्रशिक्षकमा पुजन खड्का रहेका छन्।