अमेरिकासँग वार्ता सुरु गर्नेबारे कुनै निर्णय भएको छैन : इरानी विदेशमन्त्री
- ३० साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँग फेरि वार्ता सुरु गर्ने विषयमा इरानले अहिलेसम्म कुनै निर्णय नगरेको प्रस्ट पारेका छन्। कतार र पाकिस्तान जस्ता देशमार्फत दुई देशबीच सन्देश आदानप्रदान भइरहे पनि यसलाई वार्ता सुरु भएको मान्न नसकिने उनले बताए।
गत जुनमा दुई देशबीच युद्ध अन्त्य गर्ने समझदारी भए पनि अमेरिकाले त्यसको उल्लङ्घन गरेपछि फेरि तनाव बढेको अराघचीले आरोप लगाए। यसैबीच, ‘स्ट्रेट अफ होर्मुज’ हुँदै पानीजहाजको सुरक्षित आवतजावतका लागि इरान र ओमानबीच नयाँ मार्ग तय गर्न कुराकानी भइरहेको उनले जानकारी दिए। अमेरिकाले सर्तहरु पालना गरेमा यो मार्ग पुनः सञ्चालनमा आउन सक्ने उनको भनाइ छ।
गत जुन १८ मा इरान र अमेरिकाबीच भएको समझदारी अनुसार अन्तिम सम्झौताका लागि ६० दिनभित्र वार्ता हुनुपर्ने थियो। यो समयसीमा आगामी सोमबार सकिँदैछ, तर पछिल्लो समय बढेको तनावका कारण वार्ता हुने वा नहुने अनिश्चित बनेको छ।