रसुवामा बाढीको बितण्डा: सुरक्षाकर्मी र पर्यटकसहित ४७७ जना बेपत्ता
- १० भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- बुधबार बिहान चीनको तिब्बतबाट अचानक आएको बाढी भोटेकोसी नदीमा पस्दा रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति पुगेको छ। बाढीका कारण रसुवामा मात्रै ७९ सुरक्षाकर्मी, १४ भन्सार कर्मचारी र ३८४ पर्यटकसहित जम्मा ४७७ जना बेपत्ता भएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा दिएको जानकारीअनुसार बेपत्ता हुने सुरक्षाकर्मीमा २६ नेपाल प्रहरी, ९ सशस्त्र प्रहरी र ४४ जना नेपाली सेना छन्। यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवागढी भन्सारका १४ जना कर्मचारी पनि सम्पर्कविहीन छन्। भन्सारका प्रमुख राजेन्द्र ढुंगानासहित २६ जना भने सम्पर्कमा रहेको उनले बताए।
नेपाल पर्यटन बोर्डका अनुसार हराइरहेका ३८४ पर्यटकमध्ये २९१ विदेशी र ९३ स्वदेशी छन्। सम्पर्कविहीन भएका विदेशी पर्यटकमध्ये १०५ जनाभन्दा धेरै भारतीय छन्। अहिले विभिन्न सरोकारवाला निकायहरु मिलेर बेपत्ता भएकाहरूको खोजी गरिरहेका छन्।