रसुवा बाढी: २९१ विदेशीसहित ३८४ पर्यटक बेपत्ता, धेरै भारतीय नागरिक
- १० भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण २९१ विदेशी र ९३ नेपालीसहित जम्मा ३८४ जना पर्यटक बेपत्ता भएका छन्। नेपाल पर्यटन बोर्डले विभिन्न ट्राभल कम्पनीहरूबाट प्राप्त जानकारी अनुसार यो विवरण सार्वजनिक गरेको हो।
बोर्डका अनुसार हराइरहेका पर्यटकमध्ये सबैभन्दा धेरै १०० जनाभन्दा बढी भारतीय नागरिक छन्। यसबाहेक ३७ जना गैरआवासीय भारतीय, १७ जना मलेसियाका, १२ जना बेलायतका र ४ जना दक्षिण अफ्रिकाका पर्यटक सम्पर्कविहीन भएका छन्। हराइरहेका मध्ये झन्डै १०० जना विदेशी पर्यटक कुन देशका हुन् भन्ने कुरा अझै खुल्न सकेको छैन।
तिब्बतको कैलाश मानसरोवर, रसुवाको गोसाइँकुण्ड जाने तीर्थयात्री र लाङटाङ राष्ट्रिय निकुञ्जमा पदयात्रा गर्न जाने पर्यटकहरू प्रायः यही बाटो हुँदै रसुवा जाने गर्छन्।