रसुवा बाढी: नेपाली सेना र निजी हेलिकप्टरद्वारा ११४ जनाको हवाई उद्धार
- १० भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान भीषण बाढी आएपछि नेपाली सेना र निजी कम्पनीका हेलिकप्टरले ११४ जनाको सकुशल उद्धार गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपाली सेनाले ८५ जना र निजी क्षेत्रका हेलिकप्टरहरूले २९ जनाको उद्धार गरेका हुन्।
नेपाली सेनाले रसुवाको टिमुरेबाट ६० जनालाई धुन्चे र १३ जनालाई त्रिशूली पुर्याएको छ। त्यस्तै मैलुङबाट ५ जना, बेत्रावतीबाट ४ जना र त्रिशूलीबाट ३ जनालाई उद्धार गरेर काठमाडौँ ल्याइएको छ।
निजी क्षेत्रका कैलास, सिम्रिक, अन्नपूर्ण, प्रभु, फिशटेल र एभरेस्ट हेलिकप्टरले घाइतेहरूलाई उपचारका लागि काठमाडौँको टिचिङ र वीर अस्पताल पुर्याएका छन्। बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार कार्यलाई तीव्रता दिइएको छ।