११ भदौ २०८३, बिहिबार
27 August 2026, Thursday

उद्धार र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन

उद्धार र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार साँझ प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गरेर रसुवाको भोटेकोशी बाढीमा परेका नागरिकको खोज, उद्धार र राहतमा राज्यका सबै संयन्त्र प्रयोग गर्न आग्रह गरेका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, कुराकानीका क्रममा प्रधानमन्त्री शाहले बाढीले पुर्‍याएको जनधनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए। जवाफमा प्रधानमन्त्रीले विपद्मा परेका मानिसलाई सहयोग र उद्धार गर्न सरकारले सबै संयन्त्र परिचालन गर्ने र यसमा कुनै कमी हुन नदिने बताए।

यसअघि नै राष्ट्रपति पौडेलले बाढीको घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार र राहतमा जुट्न सरकार, राजनीतिक दल, सुरक्षा निकाय र सम्पूर्ण नागरिकलाई आह्वान गरेका थिए। उनले तल्लो तटीय क्षेत्र र नदी आसपासका बासिन्दालाई सतर्क रहन पनि भनेका छन्।