११ भदौ २०८३, बिहिबार
27 August 2026, Thursday

गोसाइँकुण्ड हिँडेका ३२ तीर्थयात्री सम्पर्कविहीन

गोसाइँकुण्ड हिँडेका ३२ तीर्थयात्री सम्पर्कविहीन

काठमाडौं- गोरखाको पालुङटारबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि छुटेको एउटा बस सम्पर्कविहीन भएको छ। बुधबार बिहान ५ बजे ठाँटीपोखरीबाट छुटेको ग १ ख ११५२ नम्बरको बस बेपत्ता भएको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बसमा चालक र सहचालकसहित ३८ जना रहेको बताए। उनका अनुसार ६ जना सम्पर्कमा आए पनि बाँकी ३२ जना अझै बेपत्ता छन्।

बस कुन ठाउँमा पुगेर सम्पर्कविहीन भयो भन्ने अझै खुल्न सकेको छैन। सँगै गएका अरू दुईवटा साना बस भने सम्पर्कमा रहेको प्रहरीले बताएको छ। यात्रुहरू लामो समयसम्म सम्पर्कमा नआएपछि उनीहरूका आफन्त चिन्तामा छन्।