३१ भदौ २०८३, बुधबार
16 September 2026, Wednesday

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोडभन्दा बढी मौज्दात, बाढीपीडितलाई एक अर्ब निकासा

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोडभन्दा बढी मौज्दात, बाढीपीडितलाई एक अर्ब निकासा

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अहिले कोषमा कुल १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ जम्मा भएको छ।

कोषमा रहेको यो रकम विभिन्न बैंकहरुमा सुरक्षित राखिएको छ। जसमध्ये ९ वटा वाणिज्य बैंकको खातामा १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५१७ रुपैयाँ मौज्दात छ। त्यसैगरी, दुई वटा वाणिज्य बैंकमा २ करोड ३६ लाख १२ हजार ५९६ अमेरिकी डलर जम्मा रहेको कार्यालयले जनाएको छ।

यसैबीच, बाढी प्रभावित क्षेत्रमा राहत तथा व्यवस्थापनका लागि यसअघि नै कोषबाट एक अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिइसकिएको छ।