३१ भदौ २०८३, बुधबार
16 September 2026, Wednesday

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट विमानस्थलमा बरामद

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट विमानस्थलमा बरामद

काठमाडौं- नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोबाट अष्ट्रेलिया पठाउन लागिएको एक हजार प्याकेट अवैध चुरोट बरामद गरेको छ। नियमित जाँचका क्रममा दुई कार्टुन चुरोट फेला परेको हो। नयाँ बजारको स्काई किङ लजिस्टिकका सुवास कुँवरमार्फत ती चुरोट पठाउन लागिएको खुलेको छ।

यसैगरी, डिल्लीबजार हुलाकबाट सगुन खड्काले कमलराज कार्कीलाई पठाउन लागेको सामानमा पनि १५ बण्डल चुरोट भेटिएको छ। विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालले बरामद चुरोट थप कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको बताए। प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ।