३१ भदौ २०८३, बुधबार
16 September 2026, Wednesday

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलरको भाउ १५३ रुपैयाँ पुग्यो

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलरको भाउ १५३ रुपैयाँ पुग्यो

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ।

यसैगरी, युरो एकको खरिददर १७६ रुपैयाँ ८० पैसा र बिक्रीदर १७७ रुपैयाँ ४९ पैसा रहेको छ भने युके पाउन्ड स्ट्रलिङको खरिददर २०६ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०७ रुपैयाँ ३६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २४ पैसा, क्यानेडियन डलरको ११० रुपैयाँ १९ पैसा र सिङ्गापुर डलरको १२० रुपैयाँ ४५ पैसा छ। साउदी रियालको खरिददर ४० रुपैयाँ ८० पैसा, कतारी रियालको ४२ रुपैयाँ ०४ पैसा, युएई दिरामको ४१ रुपैयाँ ७२ पैसा र मलेसियन रिङ्गेटको खरिददर ३७ रुपैयाँ ४९ पैसा तोकिएको छ।

यस्तै, कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ १५ पैसा र बहराइन दिनारको ४०६ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ भने भारतीय एक सय रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ। बैंकहरूले कारोबार गर्दा यो दर केही फरक हुन सक्ने जनाइएको छ।