७ अशोज २०८३, बुधबार
23 September 2026, Wednesday

प्रधानमन्त्री बालेन्द्र शाह न्युयोर्क आउँदै

प्रधानमन्त्री बालेन्द्र शाह न्युयोर्क आउँदै

न्युयोर्क- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्युयोर्क आउँदैछन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी काठमाडौंबाट न्युयोर्कतर्फ लागेका हुन्।

प्रधानमन्त्री शाह आज साँझ काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमानमार्फत दोहा हुँदै यसतर्फ आउन लागेको उनका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिएकी छन्।

कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपालका कार्यवाहक राजदूत कुमार राई र दूतावासका अधिकारीहरूले स्वागत गर्नेछन्। त्यसपछि उनी त्यहाँबाट सिधै न्युयोर्क आइपुग्ने कार्यक्रम छ।