२७ कार्तिक २०८३, शुक्रबार
13 November 2026, Friday

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसंघका महासचिव गुटेरेसबीच टर्कीमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसंघका महासचिव गुटेरेसबीच टर्कीमा भेटवार्ता

न्युयोर्क- परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच टर्कीको अन्ताल्यामा भेटवार्ता भएको छ। जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) का क्रममा उनीहरुबीच भेट भएको हो।

भेटमा परराष्ट्रमन्त्री खनालले हालैको भोटेकोशी बाढीपछि राष्ट्रसंघले देखाएको सहानुभूतिप्रति महासचिव गुटेरेसलाई धन्यवाद दिए। उनले बहुपक्षीयता, विश्व शान्ति र दिगो विकासमा गुटेरेसले पुर्‍याएको योगदानको प्रशंसा पनि गरे।

त्यस्तै, महासचिव गुटेरेसले राष्ट्रसंघको शान्ति स्थापना कार्यमा सेना र प्रहरी पठाएर नेपालले विश्व शान्तिमा पुर्‍याएको योगदानको तारिफ गरे।

उनीहरुबीच भोटेकोशी बाढीपछिको पुनर्निर्माण, पूर्वसूचना प्रणाली, जलवायु कोषमा वृद्धि र विश्वव्यापी शासन प्रणाली सुधारका विषयमा पनि छलफल भएको थियो। यसका साथै जलवायु परिवर्तनका चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य बढाउने विषयमा पनि उनीहरुले कुराकानी गरेका थिए।