यमनमा सर्वसाधारणमाथिको आक्रमण रोक्न राष्ट्रसंघको आग्रह, मृत्यु भएका कर्मचारीको शव माग्दै
- २८ कार्तिक २०८३
- १ मिनेटको पढाई
संयुक्त राष्ट्रसंघले यमनमा सर्वसाधारण र नागरिकका संरचनामाथि भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता जनाउँदै यस्ता काम तत्काल रोक्न सबै पक्षलाई आग्रह गरेको छ। राष्ट्रसंघका उपप्रवक्ता फरहान हकले क्षेप्यास्त्र र गोलाबारीका कारण अस्पताल र बजारसमेत सुरक्षित नभएको बताए। यस्ता आक्रमणमा बालबालिकासहित धेरै सर्वसाधारणको ज्यान गएको भन्दै उनले अन्तर्राष्ट्रिय कानुनको पालना गर्न सबैलाई सचेत गराए।
यसैबीच, राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले हुथी समूहको कब्जामा रहेका बेला ज्यान गुमाएका आफ्ना कर्मचारी मोहम्मद इब्राहिम अल–शामीको शव तत्काल परिवारलाई बुझाउन माग गरेका छन्। उनले मृत्युको कारणबारे छानबिन गर्न र दोषीलाई कारबाही गर्न हुथी अधिकारीहरूलाई आग्रह गरे। हुथीको नियन्त्रणमा अहिले पनि राष्ट्रसंघका करिब ७० जना कर्मचारी छन्। ती सबैलाई बिनासर्त तत्काल छाड्न राष्ट्रसंघले माग गरेको छ।