१ मंसिर २०८३, मङ्लबार
17 November 2026, Tuesday

बझाङमा अटो दुर्घटना : ३ जनाको मृत्यु, एक बालक बेपत्ता

बझाङमा अटो दुर्घटना : ३ जनाको मृत्यु, एक बालक बेपत्ता

बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा सोमबार बिहान अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर एक बालक बेपत्ता छन्।

टुमेडा गाउँबाट बुङ्गल–११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको अटो बिहान १०:२० बजेतिर दुर्घटनामा परेको हो। ब्रेक फेल भएर अटो सडकबाट करिब ९ सय मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

दुर्घटनामा बुङ्गल–१० की ३५ वर्षीया राजमति महरा, १६ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महराको ज्यान गएको छ। अटोमा चालकसहित ४/५ जना सवार रहेको अनुमान गरिए पनि चालकको पहिचान भने खुल्न सकेको छैन।

घटनाको खबर पाउनसाथ उद्धारका लागि प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरी नायब उपरीक्षक टेक जोराले बताए। अहिले बेपत्ता बालकको खोजी र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।