३१ भदौ २०८३, बुधबार
16 September 2026, Wednesday

टर्की प्रहरीद्वारा ३६३ लागुऔषध संदिग्ध पक्राउ

टर्की प्रहरीद्वारा ३६३ लागुऔषध संदिग्ध पक्राउ

टर्कीका गृहमन्त्री अली येर्लिकायाले मङ्गलबार टर्की प्रहरीले लागुऔषध कारोबारीहरू विरुद्ध देशभर व्यापक कारबाही सुरु गरेको र तीन सय ६३ जना संदिग्धलाई पक्राउ गरेको बताएका छन्।

स्थानीय अपराध सिन्डिकेट साथै लागूऔषध उत्पादक र डिलर विरुद्ध राष्ट्रव्यापी कारवाहीमा ‘नार्कोसेलिक–१५’ अपरेशन इस्तानबुल, अङ्कारा, इज्मिर र अन्टाल्यालगायत ५२ प्रान्तमा गरिएको मन्त्री येर्लिकायाले सामाजिक सञ्जालमार्फत उल्लेख गरे ।

प्रहरीले दुई सय १७ केजी लागुऔषध र ११ लाखभन्दा बढी लागुऔषध चक्की बरामद गरेको छ ।उक्त अपरेसनमा प्रहरीको नौ सय ३६ टोली, दुई हजार तीन सय ४० कर्मचारी, नौ विमान र ३८ वटा लागूऔषध पत्ता लगाउने कुकुर संलग्न थिए ।

मन्त्री येर्लिकायाले लागूऔषध तस्करहरू र सङ्गठित अपराध सिन्डिकेट विरुद्ध लडाइँ जारी रहने बताए। टर्की लामो समयदेखि लागूऔषधका लागि ट्रान्जिट देशका रूपमा चिनिन्छ तर सरकारले गत वर्षदेखि लागूऔषध गिरोहहरू विरुद्धको अभियानलाई तीव्र पारेको छ ।