२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

अमेरिकी राजदूत थम्पसनले गरे लुम्बिनीकाे भ्रमण

अमेरिकी राजदूत थम्पसनले गरे लुम्बिनीकाे भ्रमण

बुटवल: नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । लुम्बिनी प्रदेशको नवलपरासी जिल्लामा रहेको पहिलो ४०० केभी विद्युत् सबस्टेसनको एमसीए–नेपालको हस्ताक्षर समारोहमा सहभागी हुन आएका राजदूत थम्पसनले लुम्बिनीको भ्रमण गरेका हुन् ।

राजदूत थम्पसनलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वागत गरेको लुम्बिनी विकास कोषले जनाएको छ। राजदूत सहितको टोलीले शान्ति दीप, मायादेवी मन्दिरको दर्शन, पुष्करिणी पोखरी तथा अशोक स्तम्भको अवलोकन गर्दै जानकारी समेत लिएका थिए ।

टोलीलाई कोषका जनसम्पर्क अधिकृत डा। हरिध्वज राईले बुद्ध जन्मस्थल लुम्बिनीको बारेमा राजदूत थम्पसनलाई जानकारी गराएका थिए ।