२७ भदौ २०८३, शनिबार
12 September 2026, Saturday

सगरमाथा आरोहणमा पूर्णिमा श्रेष्ठको विश्वकीर्तिमान

सगरमाथा आरोहणमा पूर्णिमा श्रेष्ठको विश्वकीर्तिमान

फोटो पत्रकार पूर्णिमा श्रेष्ठले एउटैयाममा तीनपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी छन् । वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा उनले आज बिहान सगरमाथाको चुचुरोमा तेस्रोपटक पाइला टेकेर उक्त कीर्तिमान बनाएकी हुन् ।

पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले आरोही श्रेष्ठले आज बिहान ५ः५० बजे सगरमाथाको सफल आरोहण गरेको जानकारी दिए ।

पत्रकार श्रेष्ठ एउटै याममा तीनपटक सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेकी छन् । योसँगै उनले समग्रमा चौथोपटक सगरमाथा आरोहण गरिन् । श्रेष्ठले यसअघि यही याममा १२ मेमा पहिलोपटक तथा १९ मेमा दोस्रोपटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलोपटक सगरमाथा आरोहण गरेकी थिइन् । उनले सगरमाथासहित विश्वका विभिन्न हिमाल आरोहण गरिसकेकी छन् ।

विश्वका ८ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण अभियानमा रहेकी श्रेष्ठले गत वर्ष साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको आरोहण गरेकी थिइन् ।