५ अशोज २०८३, सोमवार
21 September 2026, Monday

आजदेखि विश्वकप खेल्न लागेको नेपाली क्रिकेट टोलीलाई सन्दीपको भावुक शुभकामना

आजदेखि विश्वकप खेल्न लागेको नेपाली क्रिकेट टोलीलाई सन्दीपको भावुक शुभकामना

क्रिकेटर सन्दीप लामिछानेले आजदेखि विश्वकप खेल्न लागेको नेपाली क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिएका छन्।

अमेरिकी दूतावासले भिसा नदिँदा विश्वकपमा सहभागी हुन नपाएका सन्दीपले मंगलबार साँझ आफ्ना तर्फबाट माया र शुभकामना भन्दै नेपालको जितका लागि कामना गरेका हुन्।

उनले टोलीलाई आफ्नो उत्कृष्टता प्रदर्शन गरेर विश्वभरका नेपालीलाई गर्व गर्ने अवस्था बनाउन आग्रह पनि गरेका छन्।

‘म साथीहरूको यो अद्‌भूत समूहलाई मेरो तर्फबाट शुभकामना तथा माया पठाउँदै छु। अगाडिको रोमाञ्चक यात्राका लागि टोलीलाई शुभकामना’, सन्दीपले लेखेका छन्, ‘आफ्नो उत्कृष्टता दिएर विश्वभरका नेपालीलाई गौरवान्वित गराउनू। जय नेपाल!’

बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघले आईसीसीलाई पत्र पठाउँदै अनुमति लिए पनि अमेरिका जाने भिसा नपाउँदा सन्दीप जान नपाएका हुन्।

आज नेदरल्यान्ड्सविरुद्ध खेल्दै नेपालले आईसीसी टी-२० विश्वकपको सुरुवात गर्दै छ।

खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेपाली समयानुसार राति सवा ९ बजे सुरु हुनेछ।