१९ कार्तिक २०८३, बिहिबार
5 November 2026, Thursday

एनपिएल खेल्न दक्षिण अफ्रिकी क्रिकेटर डेभिड मिलर नेपालमा

एनपिएल खेल्न दक्षिण अफ्रिकी क्रिकेटर डेभिड मिलर नेपालमा

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलर काठमाडौँ आइपुगेका छन्। आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई कर्णाली याक्सका प्रतिनिधिले स्वागत गरेका थिए। मिलर पहिलोपटक नेपाल आएका हुन्।

कर्णाली याक्सले यस संस्करणका लागि उनलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको हो। सीमित ओभरको क्रिकेटमा आक्रामक ब्याटिङ र दबाबमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने ३७ वर्षीय बायाँहाते ब्याटर मिलरले दक्षिण अफ्रिकाका लागि १४० टी–२० र १८० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब, राजस्थान, गुजरात र दिल्लीबाट खेलिसकेका उनीसँग ५८४ वटा समग्र टी–२० खेलको अनुभव छ। सन् २०१७ मा बङ्गलादेशविरुद्ध मात्र ३५ बलमा टी–२० अन्तर्राष्ट्रिय शतक प्रहार गरेका मिलर सन् २०२२ मा गुजरात टाइटन्सले आईपीएल उपाधि जित्दा टोलीका महत्त्वपूर्ण सदस्य थिए। तेस्रो संस्करणको एनपिएल कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी छ।