१९ कार्तिक २०८३, बिहिबार
5 November 2026, Thursday

अमेरिकी कंग्रेसका दुवै सदनमा डेमोक्रेटको कब्जा, ट्रम्पलाई धक्का

अमेरिकी कंग्रेसका दुवै सदनमा डेमोक्रेटको कब्जा, ट्रम्पलाई धक्का

न्युयोर्क- अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गरेको छ। यससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षमा उहाँका नीति तथा योजनाहरूमा चुनौती थपिने र प्रशासनमाथि अनुसन्धान बढ्ने निश्चित भएको छ।

महँगी, भन्सार शुल्क र इरानसँगको युद्धप्रतिको असन्तुष्टिले चुनावमा प्रभाव पारेको बताइएको छ। राष्ट्रपति ट्रम्पले निर्वाचन परिणाम स्वीकार गर्दै डेमोक्रेटहरूको अभियानको प्रशंसा गरे पनि यसलाई आफ्नो व्यक्तिगत पराजय मान्न अस्वीकार गरेका छन्। आफू उम्मेदवार भएको भए पार्टीले भारी मतले जित्ने दाबी गर्दै उनले डेमोक्रेटले ल्याउने विधेयकमा ‘भिटो’ प्रयोग गर्ने चेतावनी दिएका छन्।

यस चुनावमा मेन, टेक्सास, कन्सास, आयोवा लगायतका राज्यमा डेमोक्रेटले सफलता पाएका छन्। जर्जियामा केइशा लान्स बटम्स अमेरिकी इतिहासकै पहिलो अश्वेत महिला गभर्नर निर्वाचित भएकी छन् भने प्रतिनिधिसभामा हाकिम जेफ्रीज पहिलो अश्वेत सभामुख बन्ने सम्भावना बढेको छ।

दुवै सदनमा बहुमत पाएपछि डेमोक्रेटले इरान युद्ध, आप्रवासन नीति र भ्रष्टाचार आरोपमाथि अनुसन्धान बढाउने तथा ट्रम्पका नियुक्तिमा अवरोध गर्न सक्नेछन्। यसले आगामी दुई वर्ष अमेरिकी राष्ट्रपति र कंग्रेसबीच तीव्र राजनीतिक टकराव हुने संकेत गरेको छ।