नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई गृहमन्त्रीले लगाए दर्ज्यानी चिह्न
- १८ कार्तिक २०८३
- १ मिनेटको पढाई
गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले केसीलाई नियुक्ति पत्र पनि हस्तान्तरण गरे।
यसअघि गृहसचिवले प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिह्न लगाइदिने चलन थियो। तर, यसपटक गृहमन्त्री आफैँले चिह्न प्रदान गरेर उक्त परम्परा तोडेका छन्।
आजै बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक केसीलाई महानिरीक्षक पदमा बढुवा गरेको थियो।
नवनियुक्त प्रहरी महानिरीक्षक केसीले कम्बोडियाबाट द्वन्द्व रुपान्तरण विषयमा विद्यावारिधि गरेका छन्। २०३२ सालमा नुवाकोटमा जन्मिएका उनले २०५४ साल चैत २८ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सेवा सुरु गरेका थिए।