२२ साउन २०८३, शुक्रबार
7 August 2026, Friday

दक्षिण अफ्रीकाले रच्यो इतिहास, अफगानिस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश

दक्षिण अफ्रीकाले रच्यो इतिहास, अफगानिस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश

टी२० विश्वकपको पहिलो सेमीफाइनल प्रतिस्पर्धामा दक्षिण अफ्रीकाले इतिहास रहेको छ । त्रिनिडाडको ब्रायन लारा स्टेडियममा बिहीवार बिहान खेलिएको यो खेलमा दक्षिण अफ्रीकाले अफगानिस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

आजको खेलमा पहिला ब्याटिङ गर्दै अफगानिस्तानको टीम केवल ५६ रनमै अलआउट भएको थियो । यो अफगानिस्तानको टी२० इतिहासमा पहिला ब्याटिङ गर्दै बनेको सबैभन्दा कम स्कोर हो ।

दक्षिण अफ्रीकाले पाएको ५७ रनको लक्ष्य ८.५ ओभरमा एक विकेटको क्षतिमा हासिल गर्यो । दक्षिण अफ्रीकाले एक विकेट गुमाएर ६० रन बनाउ“दै फाइनलमा प्रवेश गर्न सफल भएको हो । यो टीमका ओपनर क्वान्टन डीकक ५ रनमा आउट भएका थिए । उनलाई फजलहक फारुकीले बोल्ड गरेका थिए । त्यसपछि रीजा हेन्ड्रिक्सले २५ बलमा २९ रन तथा एडेन मार्करमले २१ बलमा २३ रन बनाउ“दै टीमलाई सहजै जिताए ।

योसंगै दक्षिण अफ्रीकाको टीम आईसीसीको कुनै पनि इभेन्टको फाइनलमा पहिलो पटक पुग्न सफल भएको छ । यसअघि वनडे तथा टी२० तर्फ धेरै पटक सेमीफाइनल खेले पनि कहिले पनि फाइनलमा पुग्न सफल भएको थिएन । यद्यपि, यसपटक भने दक्षिण अफ्रीकाले आफूलाई चोकर्स बन्न दिएन र ईतिहास रच्दै फाइनलमा पुगेको हो ।

आज राति भारत र इङ्ल्याण्डबीच खेलिने दोस्रो सेमीफाइनलको विजेता टोलीसंग अब दक्षिण अफ्रीकाले उपाधिका लागि फाइनलमा भिडन्त गर्नेछ ।