२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसको खोजी कार्य तीव्र

पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसको खोजी कार्य तीव्र

पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसको खोजी कार्य तीव्र पारिएको छ ।
नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा शुक्रबार बिहान दुईवटा बस नदीमा खसेका थिए ।

बसमा ६५ जना सवार रहेको बताइएको छ । नदीमा पानीको सहत बढेकाले पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुङ्गामा खोजी थालेका छन् ।
चितवन प्रहरी प्रमुख भावेश रिमालले नारायणगढ–मुग्लिन सडकमा दुईवटा बस पहिरोले बगाएको खवर प्राप्त गर्नेबितिकै घटनास्थलमा पुगेर खोजी कार्य जारी राखेको जानकारी दिए। काठमाडौंबाट आएको बसको तीन जनाको भने उद्दार गरेर उपचार भइरहेको उहाले बताए।

काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेको थियो । गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए ।