६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

अमेरिकी दूतावासले भन्यो : उप–विदेशमन्त्री वर्माको नेपाल भ्रमण सफल रह्यो

अमेरिकी दूतावासले भन्यो : उप–विदेशमन्त्री वर्माको नेपाल भ्रमण सफल रह्यो

नेपालस्थित् अमेरिकी दूतावासले अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्माको नेपाल भ्रमण सफल रहेको दाबी गरेको छ । व्यवस्थापन तथा श्रोतसम्बन्धी अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्माको नेपाल भ्रमण सफल रहेको यहाँस्थित् दूतावासले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो ।

नेपाल बसाईको क्रममा उपविदेशमन्त्री वर्माले प्रधानमन्त्री के। पी। शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालीहरुका लागि उज्जवल, दिगो र समावेशी भविष्य निर्माण गर्ने योजनाका लागि अमेरिकी सहयोग र अमेरिका–नेपाल साझेदारीबारे कुराकानी गरेको दूतावासले जनाएको छ ।

पेजमार्फत दूतावाले भनेको छ–‘यसै क्रममा उप–विदेशमन्त्री वर्माले नेपाली सेनालाई विपद् प्रतिकार्य प्रयासमा सहयोग गर्न थप नयाँ हेलिकप्टर खरिदका लागि अमेरिका सहयोग गर्न सहमत भएको शुभ समाचार पनि सुनाउनु भयो। यसै गरी उहाँले एमसीसी नेपाल कम्प्याक्टको उपलब्धिको बारेमा कुरा गर्न Millennium Challenge Account Nepal  का अधिकारीहरूसँग पनि भेट गर्नुभयो, र युएसएआइडी नेपालको साझेदार नेपाल टि कलेक्टिभ टोलीसँग ठमेलमा स्वादिष्ट चिया पिउनुका साथै महिला उद्यमीहरूसँग पनि कुराकानी गर्नुभयो।’