२४ भदौ २०८३, बुधबार
9 September 2026, Wednesday

अमेरिका र इराकको संयुक्त कारबाहीमा १५ आईएस लडाकू मारिए

अमेरिका र इराकको संयुक्त कारबाहीमा १५ आईएस लडाकू मारिए

न्युयोर्क- अमेरिकाले आफ्नो सेनाले इराकी सुरक्षा बलसँगको संयुक्त कारबाहीमा इस्लामिक स्टेट(आईएस)का १५ लडाकु मारिएका छन्।

इराकको पश्चिमी भागमा गरिएको संयुक्त कारबाहीमा अतिवादी समूहको नेतृत्वलाई निशाना बनाइएको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ।

सेन्ट्रल कमाण्डले एक विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी र इराकी सैनिकहरूले खतरनाक हतियार, ग्रेनेड र विस्फोटक आत्मघाती बेल्टले सशस्त्र लडाकुहरूको सामना गरे। यो घटनामा कोही पनि सर्वसाधारण मारिएका छैनन्।’