१९ कार्तिक २०८३, बिहिबार
5 November 2026, Thursday

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिवबीच भेटवार्ताः जनकपुर-अयोध्या रेलको परीक्षण

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिवबीच भेटवार्ताः जनकपुर-अयोध्या रेलको परीक्षण

प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा प्रधानमन्त्री शाहले हालैको रसुवा–भोटेकोशी बाढीमा भारतले तत्काल राहत र उद्धार टोली पठाएर गरेको सहयोगप्रति धन्यवाद दिए। उनले विपद्को बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर देखाएको सद्भावको पनि प्रशंसा गरे। साथै, प्रधानमन्त्री शाहले नेपालको खेलकुद विकासमा भारतसँग कसरी सहकार्य गर्न सकिन्छ भनेर चासो राखे।

जवाफमा विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहको आगामी भारत भ्रमणलाई सफल बनाउन तीव्र तयारी भइरहेको सन्देश सुनाए। उनले ऊर्जा, जलस्रोत, व्यापार र उड्डयनसम्बन्धी दुई देशका बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी पनि दिए।

यसैगरी, मिस्रीले भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल चलाउन आवश्यक तयारी पूरा भएको र आजै त्यसको परीक्षणसमेत गरिएको प्रधानमन्त्री शाहलाई बताए।