२ अशोज २०८३, शुक्रबार
18 September 2026, Friday

२०२४ को राष्ट्रपति निर्वाचनमा रूसले हस्तक्षेप गरेको अमेरिकाको आरोप

२०२४ को राष्ट्रपति निर्वाचनमा रूसले हस्तक्षेप गरेको अमेरिकाको आरोप

वासिङटन- अमेरिकाले रूसमाथि २०२४ को राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाउँदै नयाँ प्रतिबन्ध घोषणा गरेको छ।

बीबीसीका अनुसार अमेरिकाले यसै वर्षको नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गर्दै अभियान चलाएको आरोप लगाउँदै रूसमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको हो।

अटर्नी जनरल मेरिक गारल्यान्डले रूसको सरकारी सञ्चारमाध्यम रशियन टुडेमाथि आरोप लगाउँदै अमेरिकी मतदातालाई रूसी सन्देश बनाउन र घरघरमा पुर्याउनका लागि एक एजेन्सीलाई १ करोड डलर दिएको दाबी गरे।

अमेरिकी संस्थान र नागरिकलाई भड्काउने काम रूसद्वारा भइरहेको भन्दै रशियन टुडेकी प्रमुख मार्गरिटा सिमोन्यानमाथि पनि प्रतिबन्ध लगाइएको छ।

यस्तै, रूसका अन्य सरकारी मिडियाका कर्मचारीको भिसामाथि प्रतिबन्ध लगाइएको छ भने एआई जेनरेटेड झूठो न्यारेटिभ फैलाएको भन्दै ३२ इन्टरनेट डोमेन कब्जामा लिएको छ।

यसअघि सन् २०२० मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनको क्रममा पनि रूसले हस्तक्षेप गरेको अमेरिकाले आरोप लगाएको थियो।