२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

रास्वपाले चीन गएका आफ्ना नेतालाई फिर्ता बोलायो

रास्वपाले चीन गएका आफ्ना नेतालाई फिर्ता बोलायो

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चीन गएका आफ्ना सांसद र नेतालाई फिर्ता बोलाएको छ।

सहकारी ठगी प्रकरणमा मुछिएका सभापति लामिछानेलाई पक्राउ गर्ने तयारी भएसँगै रास्वपाले शनिबार चीन गएका नेता कार्यकर्तालाई फिर्ता बोलाएको रास्वपाका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए।

चीन पुगेका एक नेताले भने, ‘हामी चीनबाट भोलि पहिलो फ्लाइटमै फर्किँदैछौँ। चीन सरकारलाई हामीले त्यहाँ भएका गतिविधिबारे जानकारी गरायौँ।’

रास्वपाको १४ सदस्यीय टोली चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आइतबार त्यसतर्फ गएको थियो। चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा ७ सांसद र ७ गैरसांसद चीनमा छन्।

वाग्ले, अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ चीनमा छन्।