६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

अमेरिकी सेनालाई बाइडेनको आदेश- इरानी आक्रमणबाट इजरायललाई जोगाऊ

अमेरिकी सेनालाई बाइडेनको आदेश- इरानी आक्रमणबाट इजरायललाई जोगाऊ

वासिङटन: अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनालाई इजरायललाई सहयोग गर्न आदेश दिएका छन्। बाइडेनले सेनालाई इरानी आक्रमणबाट जोगाउन र इजरायलतर्फ प्रहार गरिएका मिसाइलहरू खसाल्न निर्देशन दिएका छन्।

ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले इरानले गरेको आक्रमणको निगरानी गरिरहेको जानकारी दिएको छ। यसैबीच इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले इजरायल जवाफी कारबाही गर्न तयार रहेको तर स्थितिको समीक्षा भइरहेको बताएका छन्।

एक अमेरिकी अधिकारीले अमेरिकामा रहेको बीबीसीसँग सम्बद्ध सीबीएसलाई भनेका छन्- अमेरिकाले केही इरानी मिसाइल खसालेको छ।