८ कार्तिक २०८३, आइतवार
25 October 2026, Sunday

बेलायतको लेबर पार्टीले अमेरिकी चुनावमा हस्तक्षेप गरेको ट्रम्पको आरोप

बेलायतको लेबर पार्टीले अमेरिकी चुनावमा हस्तक्षेप गरेको ट्रम्पको आरोप

न्युयोर्क : अमेरिकी पूर्व राष्ट्रपति र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी अभियानले बेलायतको लेबर पार्टीविरुद्ध संघीय निर्वाचन आयोग (एफईसी) मा उजुरी दिएको छ।

एक समाचारलाई आधार मानेर दिइएको उजुरीमा लेबर पार्टीसँग सम्बद्ध व्यक्तिहरू ह्यारिसको प्रचारका लागि अमेरिका गएको उल्लेख गरिएको छ।

लेबर पार्टीलाई ह्यारिस-वाल्जको चुनावी अभियानलाई सहयोग पुर्याउन अमेरिकी चुनावमा सक्रिएको भएको भन्दै यसले ‘स्पष्ट विदेशी हस्तक्षेप’को सन्देश दिएको ट्रम्प अभियानको आरोप छ।

ट्रम्पको चुवावी अभियानले लेबर पार्टी र कमला ह्यारिसको अभियान बीचको सम्पर्कको बारेमा मिडिया रिपोर्टहरूलाई उद्धृत गर्दै यसलाई ‘अवैध योगदान’को संज्ञा दिएको छ।

कमला ह्यारिस अमेरिकाको वर्तमान उपराष्ट्रपति हुन् र उनी डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार हुन्।

निर्वाचनमा प्रचारप्रसार गरिरहेका लेबर पार्टीका कार्यकर्ताहरूले पार्टीको निर्देशनबाट नभई व्यक्तिगत हैसियतमा यस्तो काम गरिरहेको बीबीसीको खाेजमा पुष्टि भएको छ।

यद्यपि, लेबर पार्टीले यी आरोपहरूमा कुनै आधिकारिक प्रतिक्रिया जारी गरेको छैन।

अमेरिकाका नोभेम्बर ५ तारिखमा राष्ट्रपति निर्वाचन हुँदैछ।