२ अशोज २०८३, शुक्रबार
18 September 2026, Friday

महिला साफ च्याम्पियनसिपको उपाधि बङ्गलादेशलाई : नेपाल उपविजेता

महिला साफ च्याम्पियनसिपको उपाधि बङ्गलादेशलाई : नेपाल उपविजेता

काठमाडौँ: साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बङ्गलादेशले उचालेको छ। बङ्गलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो। खेलको ८१ औँ मिनेटमा बङ्गलादेशका रितु चक्माले नेपालविरुद्ध निर्णायक गोल गर्नुभयो। बुधबार दशरथ रङ्गशालामा भएको फाइनलमा बङ्गलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो।

पहिलो हाफमा गोललरहित बराबरी खेलेको नेपालविरुद्ध दोस्रो हाफको ५२ मिनेटमा बङ्गलादेशका मोनिका चक्माले पहिलो गोल गर्नुभएको थियो। त्यसको चार मिनेटमा नेपालकी अमिशा कार्कीले गोल फर्काउनुभएको थियो। तर पुनः ८१ मिनेटमा नेपालका गोलकिपर एन्जिला तुम्बापो लिम्बुको बचाउने प्रयास अफल हुँदा नेपालले उपविजेतामा चित्त बुझाउनु परेको हो।