२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

आप्रवासन मुद्दालाई गम्भीरतापूर्वक लिइएको अमेरिकी विदेश मन्त्रालयको भनाइ

आप्रवासन मुद्दालाई गम्भीरतापूर्वक लिइएको अमेरिकी विदेश मन्त्रालयको भनाइ

न्युयोर्क- संयुक्त राज्य अमेरिकाले आप्रवासनका सवाललाई गम्भीरतापूर्वक लिने तथा प्रक्रियाहरू सुधार गर्न काम गरिरहेको आश्वासन दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले शुक्रबार गरेको पत्रकार सम्मेलनमा प्रमुख उप प्रवक्ता वेदान्त पटेलले आप्रवासनको सवाललाई सम्बोधन गर्दै आप्रवासी भिसा पर्खिरहेका भारतीय अमेरिकीहरूका लागि यस सवालको महत्त्व स्वीकार गरे।

विश्वभरका धेरै मानिसहरूका लागि आगन्तुक भिसा वा औपचारिक कानुनी आप्रवासन च्यानल सवैलाई गम्भीरताका साथ लिई काम जारी राख्ने र आप्रवासनका प्रक्रियाहरू सुधार गर्न सक्ने तरिकाहरू खोज्ने पटेलले बताए।

केही हप्ताअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र वाणिज्यमन्त्री जिना राइमोन्डोले पर्यटक भिसा प्रशोधन प्रक्रियालाई सुव्यवस्थित बनाउने तरिकाहरूबारे स्पष्ट पारेका थिए ।

भारत–अमेरिका सम्बन्धको प्रशंसा गर्दै विश्व क्षेत्रीय स्थिरतालगायतका कुरामा भारत महत्त्वपूर्ण साझेदार बनेको तथा राष्ट्रपति बाइडेनको कार्यकालमा सम्बन्ध थप सक्षम भएकोमा पटेलले आभार प्रकट गरे।

सन् २०२४ को अमेरिकी चुनावमा आप्रवासन चुनावी अभियानको महत्त्वपूर्ण हिस्सा थियो । भने ट्रम्पको चुनावी अभियानको आधारशिला रहेको सिएनएनले जनाएको छ ।

ट्रम्पले कागजात विहीन आप्रवासीहरूलाई हटाउनमा ध्यान केन्द्रित गरेको विश्वसनीय स्रोतलाई उद्धत गर्दै सिएनएनले जनाएको छ ।