७ साउन २०८३, बिहिबार
23 July 2026, Thursday

बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार

बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार

बलिउड अभिनेता सैफ अली खानमाथि राति चक्कु आक्रमण भएको छ। प्रहरीका अनुसार गए राती एक अज्ञात व्यक्ति सैफ अली खानको घरमा पसेका थिए। त्यसपछि सैफ र ती व्यक्तिबीच झगडा भएको थियो। उक्त व्यक्तिले चक्कुले प्रहार गरेपछि अभिनेता सैफ घाइते भएका र उनको उपचार भइरहेको छ।

प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको बीबीसी समाचारमा उल्लेख छ। प्रहरीले एक व्यक्ति खानको घरमा प्रवेश गरेको र त्यसक्रममा खानका सहयोगीसँग उनको भनाभन भएको जनाएको छ । त्यसैक्रममा खान वचाउका लागि पुगेपछि उनीमाथि आक्रमण भएको थियो ।

उक्त व्यक्ति त्यसलगत्तै फरार भएको थियो । अहिले प्रहरीले उक्त व्यक्तिको खोजी गरिरहेको जनाएको छ । अस्पतालले खानलाई ६ ठाउँमा चोट लागेको जनाएको छ । साथै एउटा घाउको भने अप्रेसन गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।