२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

आगलागी बढ्न सक्छ, सचेत होऔं

आगलागी बढ्न सक्छ, सचेत होऔं

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बढ्दो तापक्रम र हिउँदे वर्षा कम भएकाले यसपालि आगलागी र डढेलोका घटना बढ्न सक्नेतर्फ सचेत हुन आग्रह गरेको छ।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले भने, ‘क्रमशः बढ्दो तापक्रम र हिउँदे वर्षा कम हुने आँकलनसँगै देशभर वन डढेलो तथा आगलागीका घटनाको जोखिम थप बढ्ने सम्भावना छ।’

उनले आजै मात्र काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाबाट सुरु भई बेथानचोक गाउँपालिकाको वन क्षेत्र र देशका अन्य स्थानमा लागिरहेको वन डढेलो र त्यस घटनाप्रति प्राधिकरणको ध्यानाकर्षण भएको बताए।

उनले अहिले वन डढेलो क्रमशः निभाउने प्रयास भइरहेको जानकारी दिए। प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै आगलागी भइहालेमा निभाउनका लागि पूर्वतयारीमा रहन पनि सरोकारवालालाई अनुरोध गरेको छ।