३१ जेष्ठ २०८३, आइतवार
14 June 2026, Sunday

बस र ट्रक ठोक्किँदा ४१ जनाको मृत्यु

बस र ट्रक ठोक्किँदा ४१ जनाको मृत्यु

न्युयोर्क- दक्षिण मेक्सिकोमा बस र ट्रक एकआपसमा ठोक्किएर भएको दुर्घटनामा ४१ जनाको मृत्यु भएको छ।

टाबास्को राज्य सरकारले दिएको जानकारी अनुसार यो दुर्घटना हुँदा बसमा ४८ यात्रु सवार थिए। दुर्घटनामा बसमा रहेका ४० र ट्रक चालक गरी ४१ जनाको मृत्यु भएको जनाइएको छ।

दुर्घटनापछि बस पूर्णरुपमा जलेको छ। रायटर्सका अनुसार बस ठक्करपछि आगलागी भएको थियो। मृत्यु भएकाहरूको सनाखतको प्रयास भइरहेको स्थानीय अधिकारीहरूको भनाइ छ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको टाबास्को राज्य सरकारका अधिकारीहरूले जनाएका छन्।