२६ भदौ २०८३, शुक्रबार
11 September 2026, Friday

अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टर अध्यक्षमा पौडेल

अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टर अध्यक्षमा पौडेल

न्युयोर्क- अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टर गठन गरिएको छ। सोमबार अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल, केन्द्रीय उपाध्यक्षहरु र बोर्ड अफ डाइरेक्टरहरुको विशेष उपस्थितिमा आयोजित भेलाले नेपाल च्याप्टर गठन गरेको हो ।

भेलामा केन्द्रीय अध्यक्ष रामप्रसाद खनालले पत्रकारितालाई राजनीतिभन्दा बाहिर राख्दै स्वतन्त्र पत्रकारको नेटवर्कको रुपमा काम गर्न अन्तर्राष्ट्रिय पत्रकार महासंघ गठन गरिएको जानकारी गराए।

अमेरिकामा गठन भएको अन्तर्राष्ट्रिय पत्रकार महासंघको पहिलो च्याप्टरको रुपमा नेपाल च्याप्टर गठन गरिएको अध्यक्ष खनालले बताए। भेलाले कृष्णा पौडेलको अध्यक्षतामा १९ सदस्यीय कार्यसमितिको गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा रुपा घिमिरे, वैकुण्ठ भण्डारी र शिव दाहाल रहेका छन् । सचिव सोविता रिसाल र कोषाध्यक्ष पवन पौडेल रहेका छन् ।

त्यस्तै, बोर्ड अफ डाइरेक्टरमा शोभा अर्याल, आलोक तिवारी, राज ढुंगाना, विनोद घिमिरे, सन्तोष मिश्र, गोमा परियार, लक्ष्मी दाहाल, शिरोमणि दवाडी, विमल योगी, हुमनाथ पौडेल, टंककला तिमिल्सिना, राजीव भट्टराई र यूवगाह मगर रहेका छन् ।

त्यस्तै, सल्लाहकारमा टंक पन्त, जीवनराम भण्डारी, केदार कोइराला, अखण्ड भण्डारी, कमला विश्वकर्मा, युवराज विद्रोही, डा. राजेश अहिराज चयन भएका छन । कानुनी सल्लाहकारमा गणेश घिमिरे चयन भएका छन ।