६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

एनआरएनएको एकता महाधिवेशन: संस्थागत सुधार र नयाँ विधान निर्माणको तयारी

एनआरएनएको एकता महाधिवेशन: संस्थागत सुधार र नयाँ विधान निर्माणको तयारी

न्युयोर्क – गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेले संसारभरका गैरआवासीय नेपालीहरूलाई आउँदो मे महिनामा काठमाडौँमा भेला भएर संस्थाको एकता मजबुत पार्न र नयाँ विधान पारित गर्न आग्रह गरेका छन्।

उनले यो अधिवेशन संघको भविष्यको महत्वपूर्ण आधारशीला हुने बताउँदै, नयाँ विधान निर्माणको माध्यमबाट संस्थालाई रूपान्तरण गर्ने अवसर रहेको उल्लेख गरे।

उच्चस्तरीय समितिले सर्वोच्च अदालतको निर्देशन अनुसार संघको संरचनामा आवश्यक सुधार ल्याउन १० भन्दा बढी बैठक गरिसकेको छ। समितिका पदाधिकारीहरूले पारदर्शिता अपनाउँदै सदस्यता प्रक्रियालाई सरल बनाइरहेको जनाएका छन्। साथै, संस्थाको विवाद समाधान गरी सबै गैरआवासीय नेपालीहरूलाई एक सूत्रमा जोड्ने प्रयास भइरहेको छ।

आगामी मे ३-५, २०२५ मा काठमाडौँमा आयोजना हुने एकता महाधिवेशन संस्थाको विधिवत् पुनर्संरचनाका लागि निर्णायक हुने बताइएको छ। यस अधिवेशनमा सहभागी भएर संस्थाको नयाँ दिशा तय गर्न सबै गैरआवासीय नेपालीहरूलाई आह्वान गरिएको छ।