२८ भदौ २०८३, आइतवार
13 September 2026, Sunday

रवि लामिछानेले सभामुखलाई भने – सांसद पद निलम्बन फुकुवा गरिदिनुहोस्

रवि लामिछानेले सभामुखलाई भने – सांसद पद निलम्बन फुकुवा गरिदिनुहोस्

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गर्न माग गरेका छन।

मंगलबार सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसंग भेटेर लामिछानेले आफूमाथि लगाइएको निलम्बन फुकुवा गर्न माग गरेका हुन ।

उनले राजनीतिक प्रतिशोधका आधारमा सांसद पद निलम्वन गर्न नियोजित रुपमा आफुमाथि सम्पती शुद्धिकरणसम्बन्धी मुद्दा लगाएको भन्दै निलम्बन फुकुवा गर्न आग्रह गरिएको बताए।

उनले सम्पती शुद्धिकरणसम्बन्धी मुद्दा अदालतमा टेकाएकै भरमा सांसद पद निलम्वन हुने कुराले सदनलाई नै असर गर्ने देखिएको जिकिर गरे । मुद्दा दर्ता गर्ने र सांसद पद निलम्वन हुने बिषय राजनीतिक हतियारका रुपमा प्रयोग हुनसक्ने देखिएकाले आफु सचेत रहेको सभामुखले बताएको लामिछानले बताए।

उनले पर्सामा आफुमाथि मुद्दा नियोजित रुपमा अड्काएर राखेको बताए। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि पुसमा लामिछानेको सांसद पद निलम्वनमा परेको थियो ।