३१ जेष्ठ २०८३, आइतवार
14 June 2026, Sunday

अस्ट्रेलिया अमेरिकी नयाँ कर नीतिको असर कम गर्न प्रतिबद्ध

अस्ट्रेलिया अमेरिकी नयाँ कर नीतिको असर कम गर्न प्रतिबद्ध

क्यानबेरा- अमेरिकी सरकारले लगाउने नयाँ कर नीतिको असर कम गर्न अस्ट्रेलियाले व्यापार सम्बन्धहरू विस्तार गर्ने विदेश मन्त्री पेनी वोङ्गले बताएका छन।

“हाम्रो व्यापारलाई सुरक्षित राख्नका लागि अन्य देशहरूसँग सहकार्य आवश्यक छ,” उनले भने।

अमेरिकी रिपोर्टअनुसार, अस्ट्रेलियाका केही कानुनी प्रावधानहरूले अमेरिकी व्यापारमा असर गरिरहेका छन् । यद्यपि, वोङ्गले स्वास्थ्य सेवा र जैविक सुरक्षामा सम्झौता नगर्ने स्पष्ट गरे।

रोजगार मन्त्री मुर्रे वाटले सरकारले अमेरिकी महसुलको असरबारे चिन्ता व्यक्त गर्नुभयो ।

अस्ट्रेलियाको कृषि उद्योगलाई मासु तथा अन्य उत्पादनमा १० प्रतिशत वा सोभन्दा बढी महसुल लाग्न सक्ने चेतावनी दिइएको छ ।

सन् २०२३–२४ मा अस्ट्रेलियाले अमेरिकालाई ७.१३ अर्ब अस्ट्रेलियन डलर बराबरको कृषि सामान निर्यात गरेको थियो, जसले अमेरिका दोस्रो ठूलो बजार बनेको थियो ।