३१ जेष्ठ २०८३, आइतवार
14 June 2026, Sunday

अष्ट्रेलियामा बेरोजगारी दर वृद्धि

अष्ट्रेलियामा बेरोजगारी दर वृद्धि

सिड्नी- मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अस्ट्रेलियाले बिहीबार प्रकाशित सरकारी तथ्यांकमा उल्लेख गरिएको छ। अस्ट्रेलियाको तथ्यांक विभाग (एबिएस)का अनुसार बेरोजगारी दर मार्चमा ४.१ प्रतिशत पुगेको छ।  जुन फेब्रुअरीमा चार प्रतिशत थियो।

रोजगारीमा मौसमी उतारचढावलाई सहज बनाउने जनाउँदै बेरोजगारी दर लगातार पाँच महिना चार प्रतिशतमा रहेको एबिएसले जनाएको छ। पछिल्लो १२ महिनामा रोजगारमा रहेका अस्ट्रेलियालीको संख्या तीन लाख आठ (२.२ प्रतिशत)ले बढेको छ, जुन महामारीपूर्वको २० वर्षको औसत दुई प्रतिशतभन्दा बढी हो।

रोजगारमा रहेका अस्ट्रेलियालीहरूको संख्या फेब्रुअरी र मार्चको बिचमा ३२ हजार दुई सयले वृद्धि भएको एबिएसले जनाएको छ। सोही अवधिमा बेरोजगार व्यक्तिहरूको संख्या तीन हजारले बढेको छ।

एबिएसका श्रम तथ्यांक प्रमुख सिन क्रिकले रोजगार–जनसंख्या अनुपात (काम गर्ने उमेरको जनसंख्या) मार्चमा ६४.१ प्रतिशत रहेको छ। रोजगारीमा वृद्धिको बाबजुद, क्रिकले अस्ट्रेलियालीहरूले काम गर्ने समय मार्चमा ०.३ प्रतिशतले घटेको बताउँदै यसको कारण चक्रवातलगायत प्रमुख मौसमी घटनाहरू भएको बताए।