२७ भदौ २०८३, शनिबार
12 September 2026, Saturday

रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकाले

रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकाले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन् । अवस्था नियन्त्रणमा लिन नसक्ने भएपछि प्रशासनले उनलाइ रिहा गरिदिएको हो ।

मंगलबार दिउँसो प्रदर्शनकारीहरूले लामिछानेलाई जेलबाट निकाल्ल नख्खु जेल घेरेका थिए । रवि लामिछाने जेलबाट निस्केपछि भाषण गरिरहेको भिडिओ सामाजिक सञ्जालमा रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले राखेकी छन् ।

लामिछाने सहकारी बचत अपचलन मुद्दामा नख्खु कारागारमा थिए । उनीमाथि संगठित अपराधको समेत मुद्दा थियो ।