२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

प्रधानमन्त्री कार्कीले पाँच मन्त्रीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरिन्

प्रधानमन्त्री कार्कीले पाँच मन्त्रीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरिन्

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा. संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्य पुनर्संरचना समितिका संयोजक मदन परियारलाई मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छन्।

तर, यी पाँचै जनाले शपथ लिने निश्चित समय भने टुंगो लागेको छैन। स्रोतका अनुसार, नामहरू सिफारिस भए पनि शपथसम्म परिवर्तन हुने सम्भावना रहन्छ। शीतलनिवासले पनि पुष्टि गरेको छ कि सिफारिस भइसकेको भए पनि नियुक्ति र शपथ भोलि मात्र हुनेछ।