२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

भूमिव्यवस्थामन्त्री सिन्हाद्वारा भू–उपयोग नियमावली संशोधन अघि बढाउने घोषणा

भूमिव्यवस्थामन्त्री सिन्हाद्वारा भू–उपयोग नियमावली संशोधन अघि बढाउने घोषणा

काठमाडौँ – भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भू–उपयोग नियमावली संशोधन प्रक्रियालाई अघि बढाउने निर्णयमा हस्ताक्षर गरेका छन्।

आज सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले कित्ताकाट रोकिँदा विकाससम्बन्धी काम प्रभावित भएकाले सहजीकरण आवश्यक रहेको उल्लेख गरे।

उनले भने, “कित्ताकाट, विकास आयोजनाका लागि जग्गा प्राप्ति र कृषियोग्य जमिनको संरक्षण तथा सदुपयोगजस्ता विषयलाई प्राथमिकता दिएर भू–उपयोग ऐन तथा नियमावली संशोधन गर्नुपर्छ।”

मन्त्री सिन्हाले स्थानीय तहलाई दिइएको अधिकार पर्याप्त नभएकाले केन्द्रबाट सहजीकरण आवश्यक रहेको भन्दै वैज्ञानिक र वस्तुनिष्ठ ढङ्गले जग्गा व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

पदभार ग्रहणको अवसरमा मन्त्रालयका सचिव तथा उच्च अधिकारीहरूले मन्त्रीलाई स्वागत गर्दै मन्त्रालयको अवस्था, कार्ययोजना र प्राथमिकताबारे जानकारी दिएका थिए।