७ साउन २०८३, बिहिबार
23 July 2026, Thursday

ऊर्जामन्त्री घिसिङ र बेलायती राजदूत फेनबीच भेटवार्ता

ऊर्जामन्त्री घिसिङ र बेलायती राजदूत फेनबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालस्थित संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन्।

ऊर्जा मन्त्रालयमा आज भएको भेटमा राजदूत फेनले नवनियुक्त मन्त्रीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

भेटमा नेपाल–बेलायतबीचको मित्रता र सहकार्य, ऊर्जा क्षेत्रमा सहयोग, पूर्वाधारमा लगानीको सम्भावना, जलवायु परिवर्तन न्यूनीकरणका उपाय लगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

मन्त्री घिसिङले जेनजी आन्दोलनपछि गठन भएको सरकारको मुख्य प्राथमिकता क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, आम निर्वाचन र सुशासन रहेको बताए। साथै उनले बेलायतले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै, विद्युतीय सवारीसाधन विस्तारका लागि चार्जिङ स्टेसन स्थापनामा भइरहेको सहयोग प्रभावकारी रहेको उल्लेख गरे।

राजदूत फेनले भने, बेलायत नेपालकाे पुरानाे मित्र भएको र नेपालको सफलता तथा आर्थिक रुपान्तरणमा निरन्तर सहयोग गर्ने आश्वासन दिएका छन्।