देश बनाउने कर्मठ युवाहरु जिम्मेवाररुपमा प्रस्तुत हुनुपर्छः अध्यक्ष ओली
- ०७ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि युवाहरू जिम्मेवार र देशभक्तिपूर्ण ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
भक्तपुरको सूर्यविनायकस्थित निवासमा युवा सङ्घ नेपालका पदाधिकारी तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले समाजलाई सुसंस्कृत, सभ्य र विकसित बनाउन युवाको सक्रिय योगदान आवश्यक रहेको बताए।
ओलीले भने, “युवाहरूले हावामा कुद्न हुँदैन, देश र समाजप्रतिको कर्तव्य बुझेर कर्मठ भएर काम गर्नुपर्छ।”
जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटप्रति चिन्ता व्यक्त गर्दै उनले नेपाललाई माया गर्नेले त्यस्ता गतिविधि गर्न नसक्ने बताए।
उनले थपे, “बादल लाग्यो भन्दैमा आकाश फेरि उघ्रिँदैन भन्ने होइन, साँझ परेपछि बिहानी पनि आउँछ। उज्यालो हुन्छ, त्यसैले हामीले हरेस खानु हुँदैन।”