२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच बुधबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ।

राष्ट्रपतिको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीति, आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाबारे छलफल भएको थियो।

यसअघि प्रधानमन्त्री कार्कीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), सीआईबी प्रमुख एआईजी डा. मनोज केसी र मंगलबार साँझ नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसँग पनि छुट्टाछुट्टै भेट गरेकी थिइन्।