२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

ट्रम्पको दाबी : रुस ‘कागजी बाघ’, युक्रेनले गुमेको भूभाग फिर्ता लिन सक्छ

ट्रम्पको दाबी : रुस ‘कागजी बाघ’, युक्रेनले गुमेको भूभाग फिर्ता लिन सक्छ

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई ‘कागजी बाघ’ भनेका छन्। उनले युक्रेनले युद्धमा गुमाएको भूभाग फिर्ता लिन सक्ने दाबी गरेका छन्।

सामाजिक सञ्जाल ट्रुथ सोसियलमा पोस्ट गर्दै ट्रम्पले भने,

“युरोप र नेटोको समर्थनसँगै र रुसको अर्थतन्त्रमा बढ्दो दबाबका कारण युक्रेनले यो युद्ध सुरु भएको ठाउँसम्म आफ्नो मूल सिमाना फिर्ता लिन सक्छ।”

उनका अनुसार, रुस–युक्रेन युद्धको सैन्य र आर्थिक अवस्थाबारे विस्तृत अध्ययनपछि आफ्नो धारणा परिवर्तन भएको हो।
ट्रम्पले थपे,

“पुटिन र रुस ठूलो आर्थिक समस्यामा छन्। युक्रेनले कारबाही गर्ने समय आएको छ।”

रुसलाई ‘कागजी बाघ’ को संज्ञा दिँदै उनले पुटिनको शक्तिबारे विश्वले सोचेजस्तो वास्तविकता नभएको दाबी गरे।